Tuesday, December 14, 2010

तिमी बिना.........

तिमी बिना कती गाह्रो बाँच्न पनि कती सारो
तिम्रा यादका क्षणहरुले एकपल बाँच्न कती गाह्रो
तिमी बाट छुटियदेखी गाह्रो भयो श्वास फेर्न
नबिर्सनु कहिले पनि साझ पर्दा बाटो हेर्न
मुटुभन्दा प्यारी तिमी हिर्दयकी रानी तिमी
कल्पनामा दिन गन्दैछु सपनाभरी तिमी
मुटुभरी तिम्रो माया आँखा भरी तिम्रै छाया
कस्तो पिढा भयो आज नपाउँदा तिम्रो माया
लामो बन्यो मुग्लान बसाइ नरुनु है दिन काट्नलाई
आईपुग्छु म यो दशैमा थोरै दिन छ रिन काट्नलाई

No comments:

Post a Comment